झलनाथ खनाल अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७८-०३-०३ १०:५० मा प्रकाशित
Total Shares: 357
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाल सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । हाल उनको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि कोरोनाबाट संक्रमित भएका खनालले नर्भिक अस्पतालमै उपचार गरेका थिए । लामो समयकाे उपचारपछि कोरोनामुक्त भएर उनी घर फर्किएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस