हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
खबर एक्सप्रेस
२०८०-१०-१७ ०१:४१ मा प्रकाशित
Total Shares: 136
काठमाडौं- सिन्धुपाल्चोकको झिचेनमा जिप भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ ।हेलम्बु गाउँपालिकाको-१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस