होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, हालसम्म आठ हजार बढी संक्रमित घरमै
खबर एक्सप्रेस
२०७७-०६-०२ ०७:५० मा प्रकाशित
Total Shares: 241
काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।
हाल देशभर ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन् ।
यस्तै, प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५ मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३ सय १३, गण्डकी प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा १ सय ३० जना होम आइसोलेसनमा छन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस