सर्वोच्चले भन्यो: 'मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोड्नु दुःखद्'
खबर एक्सप्रेस
२०७८-०६-१८ ०४:३८ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संलग्नता नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भागबण्डा खोजेको समाचारपछि सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारको खण्डन गरेका छन् ।
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद एवं खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस