नेपालमा थप १३ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-१२-२३ ०४:५२ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ३५८ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार ४४९ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप ५७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८२२ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७६५ रहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस