नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
खबर एक्सप्रेस
२०७७-१२-१७ ०९:३७ मा प्रकाशित
Total Shares: 362
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा जान लागेको स्रोतले बताएको छ ।
२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस