काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । 

यसअघिका मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम थिए। उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले पौडेललाई शुक्रबारदेखि प्रवक्ताको जिम्मेवारी दिएको हो।