काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ५ हजार २ सय रुपैयाँले गिरावट आएको हो । जसअनुसार सुनको मूल्य आज प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबारका दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको । महासंघका अनुसार आज चाँदी प्रतितोला २५० रुपैयाँले गिरावट आएको हो । चाँदी आज प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि बुधबार ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्यमा भारी गिरावट
खबर एक्सप्रेस
असार ११, २०८३
१३०


.gif)

