काठमाडौं - नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । 

बुधबार संसद भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले नेपाल र खनालसहित उनी पक्षका नेताहरुलाई सम्मानजनक व्यवहार गर्ने बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी गरिरहेको बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन् ।