काठमाडौं - मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।

शाहको शुभकामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण अस्पताल पुगेका थिए । शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।