काठमाडौं - लगातार परेको वर्षाका कारण आएको बाढीले काठमाडौंमा  तीन सय ८२ घर डुबानमा परेका छन् । यस्तै एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ । 

कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क डुबानमा परेका छन् ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।