नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप
खबर एक्सप्रेस
२०७८-०५-२० ०३:२० मा प्रकाशित
Total Shares: 186
काठमाडौं - ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन गरिएको बताइएको छ ।
परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाइएको विषयमा विवाद भएपछि झडप भएको छ । झडपपछि कारागारभित्रै नाराजुलुस र झडप हुने सम्भावनालाई ध्यान दिँदै थप टोली पठाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस