काठमाडौं - राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन सिंहदरबामा दिउँसो १ः१५ बजे बस्न लागेको हो ।

आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख छ 

साथै, प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।