सङ्कटगोकर्णेश्वर:५ मा एन्टिजेन विधिबाट समुदायस्तरमा कोरोना परीक्षण
काठमाडौं - गोकर्णेश्वर नगरपालिका– ५ ले समुदायस्तरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सम्पन्न गरेको छ । उक्त वडाका अध्यक्ष नारायण बहादुर सुवेदीले आफ्नो वडामा कोरोना संक्रमितको संख्या बढेपछि समुदायस्तरमा नै परीक्षण गराउनको लागि ५ नम्बर वडा भरी ९ ठाउँमा परीक्षण केन्द्र स्थापना गरेका थिए ।
उनले आफ्नो वडामा कति संक्रमित छ्न् भन्ने आँकलन गरी संक्रमितहरुका लागि वडाको तर्फबाट आइसोलेसनको व्यवस्था, उचित परामर्स आदि दिन सजिलो हुने बताए ।
साथै ५ नम्बर वडाभरमा संक्रमणको लक्षण भएका र संक्रमितसँग सम्पर्कमा रहेका ९८३ जनाले चेक गराएका थिए । त्यसमध्य ३१ जनामा पोजेटिभ देखियो र पोजेटिभ देखिएकाहरुलाई वडाको तर्फबाट वडाध्यक्ष सुवेदीले दैनिक प्रयोग हुने स्वास्थ्य सामग्री एक–एक प्याकेट हस्तान्तरण गरे । उनले भोलि कुनै समस्या पर्दा आफूलाई सम्पर्क गर्नसमेत आग्रह गरे ।
समुदाय स्तरमा नै यो कोरोना जाँच प्रक्रिया नेपालमा नै गोकर्णेशोर नगरपालिका– ५ ले पहिलो पटक गरेको वडाध्यक्ष सुवेदीले जिकिर गरे । साथै, उक्त वडामा तीन दिन लगाएर गरिएको परीक्षणमा वडाबाट ७ जना स्वास्थ्यकर्मी ६ जना स्वयंसेवक नयाबस्ती युबा क्लबले परिचालन गरेका थिए । त्यस्तै उक्त कार्यक्रममा अन्य विभिन्न संघ संस्थाले पनि विशेष भूमिका निभाएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस