मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
काठमाडौं,बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले एकले नेतृत्वमा प्रदेश सरकार गठन गर्न लागेको बुझिएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले आफ्ना सांसदलाई कारबाही गरेपछि लुम्बिनीमा एमाले एक्लैको बहुमत पुग्ने देखिएकोले उनले राजीनामा दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस