हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट
खबर एक्सप्रेस
२०७९-०२-२३ ०६:१३ मा प्रकाशित
Total Shares: 224
काठमाडौं - हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दर्ता गराएका हुन्। अधिवक्ताहरुले दुई दिन बिदाको निर्णयले दूरगामी असर पार्ने भन्दै खारेजीको माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको रिटमा अध्ययनविनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको छ।
रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस