काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख १ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट आएर १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

.gif)


