आज पनि घट्यो सुनको भाउ, प्रतितोला कति छ ?
खबर एक्सप्रेस
२०७९-०१-०७ ११:३८ मा प्रकाशित
Total Shares: 185
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख १ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट आएर १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस