काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका-७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका-४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका- १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका - ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराईन नगरपालिका- २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका-४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

यसअघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका-६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने छ । योसँगै मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।