काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा ले कालो झण्डा देखाइएको छ । 

आफ्नो पक्षद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीलाई एयरपोर्ट मोडमा  आन्दोलित (प्रचण्ड–माधव) पक्षका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । 

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजीसमेत भएको छ । हाल विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।