नेकपा स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित
खबर एक्सप्रेस
२०७७-०४-०६ ११:५१ मा प्रकाशित
Total Shares: 375
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक १ बजेसम्मको लागि स्थगित भएको छ । बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको बैठक १ बजेसम्मको लागि स्थगित एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठक अगाडी पार्टीका शिर्षनेताहरु छलफल गर्न बैठक सारिएको ती सदस्यले जानकारी दिए ।
स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस