पछिल्लो २४ घण्टामा थप १० जनाको निधन
खबर एक्सप्रेस
२०७७-०६-०४ ०४:४७ मा प्रकाशित
Total Shares: 544
काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो ।
काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक महिला गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
याेसमेद देशभर हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या चार सय ११ पुगेकाे छ ।
फेसबुक पेज Like गर्नुहोस