काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् । आज बस्न लागेको बैठकमा मन्त्री शर्माले श्वेतपत्र पेश गर्न लागेका हुन् ।

मन्त्री बनेपछि शर्माले मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन लागेको बताएका थिए । उनले कसैलाई दोषी करार गर्नको लागि श्वेतपत्र ल्याउन नलागेको बताएका छन् ।

वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिने बताइएको छ ।