दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
खबर एक्सप्रेस
२०८१-०८-१४ ०४:५८ मा प्रकाशित
Total Shares: 15
काठमाडौं- काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस