सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ल्याण्डफिल साइटमा लगिँदै
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा लगिँदै छ ।
फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो ।
स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्दै पाँच राउण्ड हवाईफायर समेत गरेको थियो । स्थानीयहरु डाँडामा जम्मा भएर बसेका छन् भने ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउनका लागि तयारी अवस्थामा रहेका छन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फोहोर व्यवस्थापन गर्दा प्रहरी परिचालन गर्ने महानगरको उद्देश्य नरहेको र फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् भन्ने चाहना रहेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस