सिद्धार्थ इन्स्युरेन्सको ९.४७ लाभांश वितरण
खबर एक्सप्रेस
२०७९-०९-०८ ०१:५९ मा प्रकाशित
Total Shares: 203
काठमाडौं-सिद्धार्थ इन्स्युरेन्सले ९.४७ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको करसहितको लाभांश कम्पनीले बाँड्नेछ ।
गत आवको वित्तीय विवरण स्वीकृतिका लागी नेपाल बिमा प्राधिकरणमा पेस गर्ने र सो सममितिको निर्देशनबमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिने र कर प्रयोजनका लागि भने नगद पनि कम्पनीले दिन लागेको हो ।
अब आगामी साधारणसभाबाट स्वीकृति पछि लगानीकर्तालाई वितरण गर्नेछ । गत वर्ष यस कम्पनीले १५५ बोनस र कर प्रयोजनका लागि ०।७९५ नगद लाभांश वितरण गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस