काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुबै पक्षले एक अर्कालाई गरेको कारवाही कानूनसम्मत नरहेको बताएको छ । 

निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको हो । 

यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले बहुमतका आधारमा ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो भने ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निस्कासन गरेको थियो । दुवै पक्षले एक-अर्कालाई स्पष्टीकारण सोधेका थिए ।