आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै नेपाल
खबर एक्सप्रेस
२०८०-०२-२७ ०८:२५ मा प्रकाशित
Total Shares: 135
काठमाडौं-आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्ने भएको छ ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको नेपाल आज नेदरल्याण्डससँग खेल्न लागेको हो ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ ।
नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस