ओली-प्रचण्डको 'वान टु वान' वार्ता सकियो, निष्कर्ष निस्किएन
काठमाडौं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच साढे २ घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । आज पनि 'वान टु वान' वार्तामा निष्कर्ष निक्लन नसकेको स्रोतको दाबी छ । दिउँसो साढे दुई बजेसम्म चलेको छलफल सकिएपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
पार्टीमा देखिएको विवाद समाधानका लागि उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो ।
पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। असार २६ गतेका लागि तय भएको बैठक बाढी पहिरोका कारण विपत्मा फसेकाको उद्धारको लागि कार्यकर्तालाई निर्देशन दिँदै साउन २ गतेसम्मका लागि स्थगित भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस