तापक्रममा गिरावट आउने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भाग मा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस