काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २४ अंकमा झरेको हो । 

सोमबार दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४ प्रतिशत बढीले गिरावट आएको आजको सेयर बजारमा सबैभन्दा बढी फाइनान्स समूहको परिसूचकमा गिरावट आएको छ ।साथै लगानी समूह, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ उपसूचकमा पनि भारी गिरावट देखिएको छ ।

बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्। 

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास कम्पनी, युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंकलगायत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यद्यपि मनकामना स्मार्ट लघुवित्त, डिप्रोक्स लघुवित्त, लक्ष्मी लघुवित्त, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने बढेको छ ।