ललितपुर - नेकपा एमालेको गोदावरीमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

महाधिवेशनमा सातवटै प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार सात प्रदेश कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूको छुट्टाछुट्टै समूह विभाजन गरि छलफलका लागि ७ घन्टा समय छुट्याइएको छ ।

यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्नेछन्।