फिल्म सुटिङका क्रममा घाइते भए ऋतिक रोशन
काठमाडौं - बलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर आजकल आफ्नो फिल्म वार २ पूरा गर्न व्यस्त छन् ।
ऋतिक रोशन र जुनियर एनटीआर वार २ को लागि एक शानदार, शाई एनर्जी डान्स नम्बरको छायांकनका लागि तयार भएर बसेका थिए । तर ऋतिक रोशनको खुट्टामा चोट लागेका कारण यो गीतको छायांकन मे महिनासम्म स्थगित गरिएको खबर आएको छ ।
खुट्टामा चोट लागेका कारण डाक्टरहरूले ऋतिक रोशनलाई चार हप्तासम्म आराम गर्न सल्लाह दिएका छन् । यही सल्लाहका कारण गीतको छायांकन मे महिनामा मात्रै हुने भएको छ ।
जुनियर एनटीआरसँग गीतको रिहर्सल गर्ने क्रममा ऋतिकको खुट्टामा चोट लागेको भनिएको छ । चोट गहिरो भएकाले थप जोखिम नलिन र गीतको छायांकन अघि आराम गर्न डाक्टरहरूले उनलाई सल्लाह दिएको बताइएको छ । यो डान्स नम्बर अब मे महिनामा छायांकन हुने स्रोतले बताएको भन्दै बलिउड हंगामाले समाचार छापेको छ ।
फेसबुक पेज Like गर्नुहोस