काठमाडौं, एजेन्सी - चीनले हट स्प्रिंग र गोग्रा पोस्टबाट आफ्नो सेना हटाउन अस्विकार गरेको छ । चीन र भारतको लडाखस्थित वास्तविक नियन्त्रण रेखामा नजिकै रहेको ती पोस्टबाट चीनले सेना हटाउन अस्विकार गरेको हो । 

जारी तनावलाई समाधान गर्न हालसालै कमाण्डरस्तरीय वार्ता बसेपनि सेना हटाउन अस्विकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

इन्डियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार पूर्वी लद्दाखमा चीन र भारतबीचको तनावले वास्तविक नियन्त्रण रेखाबीचको तनावलाई पूर्ण जारी राख्नेछ। तनाव समाधान गर्न दुबै पक्षका सैन्य अधिकारीहरूले हालसम्म ११ चरणको वार्ता गरिसकेका छन् तर पूर्ण रूपमा समाधान हल भएको छैन।

‘अप्रिल ९ का दिन दुई देशहरूबीच कमाण्डरस्तरीय वार्ता भएको थियो, जसपछि चीनले हट स्प्रिंग र गोग्रा पोष्टबाट आफ्नो सेना फिर्ता लिन अस्वीकार गरेको छ। यी क्षेत्रहरूमा चीनले सेनाको जहाजहरु राखेको छ । यसबाट प्रस्ट हुन्छ की चीन तनाव समाधान गर्न चाहँदैन ।’  रिपोर्टमा भनिएको छ । 

यसअघि दुबै देशले पैनागं त्सो ताल र कैलाशको उत्तर र दक्षिणबाट आफ्ना सेना हटाएका थिए । 

सन् २०२० मा दुई देशबीचको वार्तामा संलग्न स्रोतको उद्धृत गर्दै उक्त अखबारले लेखेको छ, ‘चीनले हट स्प्रिंग र गोग्रा पोष्टको पेट्रोलिंग पोइन्ट १५ र १७ औं गोग्रा पोष्टबाट आफ्नो सेना फिर्ता लिन राजी भएको थियो । तर, उनीहरूले अहिले त्यसो गर्न अस्वीकार गरेको छ ।’

अखबारका अनुसार हालसालै सम्पन्न वार्तामा चीनले भनेको छ, ‘भारतले अहिलेसम्म पाएको कुरामा खुशी हुनुपर्दछ।’

अखबारका अनुसार फिंगर ४ र फिंगर ८ बीच दुबै देशलाई पैनागं त्सोको उत्तरी किनारमा अस्थायी प्रतिबन्ध लगाइएको थियो। स्रोतका अनुसार भारतले दुई तीन वर्ष अगाडिदेखि फिंगर ८ सम्म पुग्न सकेको छैन ।