युरोपियन कन्फ्रेन्स लिगको उपाधि रोमालाई
खबर एक्सप्रेस
२०७९-०२-१२ ०८:२४ मा प्रकाशित
Total Shares: 310
काठमाडौं,एजेन्सी - इटालिन क्लब रोमाले युरोपियन कन्फ्रेन्स लिगको उपाधि जित्न सफल भएको छ ।
गएराति भएको खेलमा फेयनोर्ड क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
रोमाका लागि एकमात्र गोल जानिलोले गरे । यो रोमाको पहिलो युरोपियन उपाधि हो ।
प्रशिक्षक जोसे मोउरिन्होले रोमालाई पहिलो युरोपियन उपाधि जिताउन सफल भएका हुन् ।
सन् २०१७ मा म्यानचेस्टर युनाइटेडलाई युरोपा लिगको उपाधि जिताउन सफल भएका मोउरिन्होले त्यसयता जितेको यो पहिलो उपाधि हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस