कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
खबर एक्सप्रेस
२०८०-११-०३ ०७:५९ मा प्रकाशित
Total Shares: 132
कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण आइसकेको छैन ।
कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।
अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस