काठमाडौं - अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका दुई महत्वपूर्ण सडक खण्ड अवरुद्ध भएका छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका–१ लिक्याङस्थित घोराही–थवाङ सहिद मार्गमा बिहान ७ बजे माथिबाट पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।

यस्तै, दैलेख–कर्णाली राजमार्ग पनि बिहान ७ः२० बजेबाट पूर्णरूपमा बन्द भएको छ । दैलेखको आठबिस नगरपालिका–५ खिड्की जिउला नजिक वर्षाका कारण माथिबाट आएको पहिरो र जाक्सी खोलाको बढेको बहावले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै सडक खण्ड खोल्ने कार्यका लागि डोजर परिचालनको तयारी भइरहेको छ, तर निरन्तरको वर्षाले काममा कठिनाइ भइरहेको छ।