काठमाडौं  - नेकपाकी नेतृ अञ्जना बिसंखेले बलात्कार र हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्छो छोरो बनाएर राखेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बिसंखेले बालिका बलात्कार र महिला हत्याको संरक्षण गर्ने गृहमन्त्रीलाई प्रधानमन्त्री ओलीले कान्छो छोरो बनाएर राखेको बताएकी हुन् ।

‘निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं (केपी ओली)ले कान्छो छोरो बनाएर राख्नु भएको छ, बा बन्नु भएको छ ।’ उनले भनकी छन् ।