प्रदेश १ को मन्त्रिमण्डल विस्तार, को-को बने मन्त्री र राज्यमन्त्री ?
खबर एक्सप्रेस
२०७७-१२-१३ ११:३० मा प्रकाशित
Total Shares: 331
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशसभा सदस्य टंक आङबोहाङलाई अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।
उषाकला राईलाई सामाजिक विकासमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई सोही मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको स्रोतले बतायो ।
उदयपुरकी सांसद कला घले कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री बन्ने भएका छन् ।
नयाँ मन्त्री र राज्यमन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण कार्यक्रममा राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस