काठमाडौं - नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सांसद राईलाई शनिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको जनाएको छ । सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको दुईपटकसम्म सञ्चालक रहेर दुई अर्ब ६५ करोड बचत रकम हिनामिना गरेको आरोप लागेकी राई पाँच महिनादेखि फरार रहेकी थिइन् ।