सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 292
काठमाडौं - आज (सोमबार) सुनको स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर रहँदै प्रतितोला ७३ हजार ३ सय रुपैयाँमै कारोबार भैरहेको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस