सुनको भाउमा सामान्य गिरावट
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 228
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार ७०० रुपैयाँ तथा तेजावी सुन तोलाको ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस