पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी
खबर एक्सप्रेस
२०७९-०७-०४ ०४:४९ मा प्रकाशित
Total Shares: 257
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
मन्त्री श्रेष्ठले व्यापारीबाट प्रभावित भएर प्रतिबन्धित मदिराको आयात निर्वाचन खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दिएको हो ।
निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस