काठमाडौ - गैर कानुनी रूपमा सिइओ नियुक्ति भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको विवादास्पद व्यक्ति दिप प्रकाश पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका छन् ।

पाण्डे दुई कार्यकाल संचालक भैसकेका छन् भने तेस्रो कार्यकालको लाि उम्मेदवारी दिएका हुन् उनले नेपाल पुनर्बीमा कम्पनीको संचालक बन्न व्यापक चलखेल गरिरहेका छन् एक बीमा कम्पनीका सिइओका अनुसार विभिन्न संचार माध्यमका संचालक र शक्ति केन्द्रहरुबाट पाण्डेलाई जिताउन अनुरोध गर्दै फोन आइरहेको बताए ।

पाण्डे नेपाल बीमक संघको अध्यक्ष समेत हुन उनले बीमकको संस्थागत सुशासन ध्वस्त बनाएका छन् । कोरोना बीमा पाण्डेकै अगुवाइमा ल्याइएको हो भने अहिले लाखौं नागरिकले बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् ।

उनको नियुक्ति गैर कानुनी भएको कारण कानुन बिपरित भएका निर्णय बदर गरि बप संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिम योग्यता भएको व्यक्तिलाई नियुक्ति गर्न माग गर्दै अधिवक्ता माधब गौतमले सिइओ पाण्डेको नियुक्ति बिरुद्ध २०७७ साल कार्तिक १८ गते सर्बोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उनलाई २०७३ सालमा नियुक्ति दिँदा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अवधिको लागि भनेर लेखिएको थियो । उक्त पत्रसहित  खबर एक्सप्रेसले समाचार प्रकाशित गरेको थियो । 

आफ्नै नियुक्तिको भर नभएको व्यक्ति अनेक चलखेल गरिरहेका छन् । नियामक निकाय बीमा समितीसंग राम्रो सम्बन्ध भएको बताउने पाण्डेलाई बीमा समितिको बर्तमान नेतृत्वले भनेको समयमा भेट्न समेत नदिँदा तनाव भएको छ ।

थप सामग्री सहित खबर एक्सप्रेसले अबको शृङ्खलामा बिशेष रेपोर्ट तयार पार्ने छ ।