भोलि र पर्सि तीव्र हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं - शुक्रबार र शनिबार देशका विभिन्न भागमा मौसम बदलीसँगै तीव्र हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले रहेको जनाएको छ ।
महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको जानकारी गराएको हो ।
शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटररसेकेण्ड वा करिब ११९ किमिरघण्टा) चल्ने सम्भावना रहेको छ।
यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने महाशाखाले जनाएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनर चट्यांङरहावाहुरीरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनर चट्यांङरअसिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको छ।
यसैगरी शनिबार पनि कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनर चट्यांङरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।
पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने प्रक्षेपण छ । हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
महाशाखाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित राख्न र सवारीसाधन चलाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। त्यस्तै, जोखिमपूर्ण स्थानबाट टाढा रहन र सम्भावित दुर्घटनाबाट बच्न सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस