नेकपाले डाक्यो सचिवालय बैठक
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 284
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ ।
सोमबार बिहानका लागि बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जानर्दन शर्मा,पम्फा भुषाल र भीम रावल छन्।
यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए। पछिल्लोपटक नेकपाको सचिवालय बैठक साउन ३ गते बसेको थियो।
फेसबुक पेज Like गर्नुहोस