काठमाडौं - धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज ३ का ६३ वर्षीय पुरुषको गए राती १० गते साढे १ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

विराट मेडिकल कलेजबाट ज्वरो, खोकी र श्वासप्रश्वासमा कठीन भएर विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको थियो।

उनमा ८ गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। सोही दिन अस्पतालको भेन्टिलेटरमा राखी उपचार शुरू गरिएको थियो। योसँगै अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।