काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोवास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलको सिफारिसलाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

प्रधानमन्त्री देउवाले कुप्रचारको निर्मुल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नत्तिका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताए ।