माधव पक्षले सघाएपछि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
खबर एक्सप्रेस
२०७८-०३-०२ ०६:२७ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ।
एमालेको झलनाथ-माधव पक्षले सघाएपछि आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम बहुमतले पारित भएको हो।
नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ।
नीति कार्यक्रम पारित गर्नकै लागि एमालेले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको थियो।
प्रदेशसभाको मुख्य विपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका सांसदहरूले नीति कार्यक्रममा अलग-अलग संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस