काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । 

नेकपा सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । 

शनिवार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेपनि यो निर्णय सार्वजनिक गरेको थिएन । नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सो कार्यदल गठन भएको हो । 

राजधानी दैनिकबाट