काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ९.५°C, वर्षाको सम्भावना न्यून
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 9
काठमाडौं - आज (बुधबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस छ।
तर आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
मंगलबार सुरुवाती मापनमा ७.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनमा पनि यही कायम रह्यो।
यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम देखिएको मौसम महाशाखाले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस